२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार



अ+ अ-

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर बलात्कार गरी आफ्ना साथी कवाङ लामासहित चारजनालाई बोलाई रातभरि बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भई मध्यपुरथिमि–६ पुरानो थिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र फरार अन्य चारजनाको खोजी भइरहेको जनाएको छ ।