३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हिन्दू र बौद्धधर्मको पवित्रस्थल गोसाइँस्थान

हिन्दू र बौद्धधर्मको पवित्रस्थल गोसाइँस्थान
अ+ अ-

काभ्रेपलाञ्चोक : महत्त्वपूर्ण धार्मिकस्थल मानिएको रसुवाको गोसाइँकुण्ड तीर्थाटनसँग जोडिएको काभ्रेको बनेपास्थित गोसाइँस्थानलाई मानिन्छ । गोसाइँकुण्डको महत्व जोडिएका कारण पनि गोसाइँस्थानलाई धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थलका रूपमा लिइएको कथनले देखाएको हो ।

गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाका दिन अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा भव्य मेला लाग्ने गर्दछ । गोसाइँस्थानमा जिल्ला तथा छिमेकका विभिन्न जिल्लाबाट आएकाले अघिल्लो दिनदेखि नै जात्रामा सामेल हुने तयारी गर्छन् । विशेषगरी मेलाको दिन बिहानदेखि नै भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

बनेपा–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ । यसपटक शनिबार उक्त स्थानमा भव्य मेला लाग्दैछ । विभिन्न जिल्लाबाट आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बौद्धधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कारअनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ ।

यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’हरू ढ्याङग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बाँध्ने प्रचलन पनि छ । सो जात्रामा महिला र पुरुषबीचमा तामाङ दोहोरी गीत गाएर आफ्ना मनका भावना साटासाट गरेर रमाइलो गर्ने प्रचलन पनि रहँदै आएको छ ।

धार्मिक आस्थाका हिसाबले निकै महत्त्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्छन् । गत वर्षभन्दा यस वर्ष गोसाइँस्थान क्षेत्र थप व्यवस्थित बनाइएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो । उहाँका अनुसार ‘लकडाउन’यता बर्सेनि भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ । जात्रा अवधिभर बनेपाको बुडोलबाट नै सडक दायाँबायाँ व्यापारिक चहलपहल पनि निकै बढ्ने गर्छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बूढापाका बताउँछन् । “गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ”, स्थानीय भैरव केसीले भन्नुभयो । समुद्र सतहबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र उक्त कुण्ड निकै टाढा, उकालोमा कठिनाइपूर्वक जानुपर्ने भएकाले कतिपय भक्तजन भने अघिल्लो दिनदेखि नै कुण्डस्थलमा बास बस्न पुग्छन् । यस्तै केही भक्तजन बीचबाटोमा बास बसी पर्वका दिन तीर्थस्थल पुग्ने गरेको पाइन्छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना, कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवीदेवताको दर्शन मिल्न गई आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताअनुरूप जानेलाई आफ्नो मनले सोचेका पूरा भई घरपरिवारमा सुख, शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । उक्त ठाउँमा पछिल्ला वर्षदेखि पर्यटकको आवागमनमा पनि वृद्धि हुँदै गएको छ । उक्त स्थानमा पर्यटकीय पूर्वाधार तथा पक्की सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका हुन् ।

काभ्रेको पुरानो एवं मध्यपहाडी क्षेत्रको मुख्य बजार बनेपाबाट उत्तर–पूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनका दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । व्यापारिक बनेपा र पर्यटकीय धुलिखेल बजारको बीचमा रहेको उक्त ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध रहेको जनाउँछ । उक्त स्थानमा हाल नैमिषारण्य संस्कृत गुरुकूल विद्यालय सञ्चालनले थप चहलपहल बढाएको छ ।

बढ्दो सहरीकरणको कोलाहलबाट नजिकै रहेको हरियाली वनजङ्गल बीचको अग्लो मनमोहक स्थान भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रूपमा रहेको चर्चा कमाउँदै आएको छ ।

उक्त स्थानमा हरेक शुक्रबार र शनिबार दृश्यावलोकन स्तम्भ (टावर)चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । स्थानीय दीपक कार्कीले भन्नुहुन्छ, “गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।” उक्त स्थानमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा राखिएको छभने रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण भइसकेका छन् । उद्यान निर्माणकार्यको तयारी भइरहेको समितिले जनाएको छ ।

धुलिखेलस्थित अरनिको राजमार्गदेखि धुलिखेल–रविओपी–काशीभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै अर्को चर्चित पर्यटकीयस्थल नगरकोट पुग्न सकिन्छ ।रासस