३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै
अ+ अ-

पर्वत । पर्वतमा चालु आर्थिक वर्ष २०८२र८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा रु चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो ।

जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपलिकामा पाँच, पैँयु गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो ।

पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताउनुभयो । पछिल्लो समय शाहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको उहाँको भनाइ छ ।

शर्माका अनुसार कुश्मा नगरपालिकामा रु एक करोड ६० लाख, फलेवास नगरपालिकामा रु एक करोड ४० लाख, मोदीमा रु ६५ लाख, जलजलामा रु २५ लाख, पैँयु गाउँपालिकामा रु एक करोड, महाशिलामा रु ५५ लाख र विहादी गाउँपालिकामा रु ५५ लाख बजेट विनियोजन भएको छ । सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

पर्वतका सातवटै पालिकामा गरी ६१ वटा घरबास सेवा सञ्चालनमा रहेका छन् भने दुई वटा निजी घरबाससमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । पर्यटकीय पूर्वाधारले घरबासमा आउने पर्यटकलाई सुविधा पुग्नुका साथै थप आकर्षण थप्ने विश्वास कार्यालयले लिएको छ । पछिल्ला केही वर्षयता पर्वत शाहसिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी, स्विङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङलगायत स्थानमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र घरबाससम्म पुर्‍याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौँको सङ्ख्यामा बाह्य पर्यटक र दैनिकजसो भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्याङ्क राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्याङ्क नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत गत आर्थिक वर्षमा ४२ वटा आयोजना कार्यान्वयन गरिएको थियो । रासस