२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने, ५.३० मा प्रधानमन्त्रीद्धारा सम्बोधन हुने



अ+ अ-

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह् साढे पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । हाल देशमा देखिएको कारोना महामारीको कहर, भारतसँगको सीमासम्बन्धी विषयका साथै नेपाल सरकारले जारी गरेको नयाँ नक्सासम्बन्धमा संविधान संशोधनका लागि दर्ता भएको विधेयकलगायतका विषयमा उहाँले सम्बोधन गर्र्नुहुने बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटार स्रोतकाअनुसार ५ बजे बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्ने छ । सो बैठकपछि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने भएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकमा पनि यी विषयहरु र यसका अतिरिक्त आगामी बजेटका बारेमा छलफल गर्ने भएको बताइएको छ ।