काठमाडौँ। चैत १५ मा राजावादी समूहद्वारा आयोजित हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अन्य अभियुक्तहरूमा सुशील बराल र सरोज गौतमलाई जनही ५० हजार रुपैयाँ र दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।
चैत १५ गतेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपमा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो। यस घटनापछि पक्राउ परेका व्यक्तिहरूमाथि अदालतमा मुद्दा चलिरहेको छ।
उच्च अदालतको आदेशसँगै अब उनीहरू कारागारबाहिर रहेर मुद्दाको सामना गर्न पाउने छन्।










