१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सांसदकाे प्रश्नः अप्टिकल फाइबर बिछ्याउन किन ढिला भयाे ?

सांसदकाे प्रश्नः अप्टिकल फाइबर बिछ्याउन किन ढिला भयाे ?
संचार तथा सूचना प्रविधि मन्त्रालय
अ अ+ अ-

काठमाडाैंः प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम समयमै सम्पन्न नभएकाेमा असन्ताेष प्रकट गर्दै संसदीय समितिले सञ्चार मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई तत्काल उक्त कार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुमा २ वर्षभित्र फाइबर विच्छाउने सम्झौता भएपनि सन्तोषजनक काम नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।

सम्झौता अनुसारको निर्माण कार्यप्रगति न्यून देखिएको उल्लेख गर्दै समितिले स्पष्ट कार्य योजना बनाएर गुणस्तरिय रुपमा काम गर्न सूचना तथा सञ्चारप्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले आगामी आर्थिक वर्षमा देशका सबैजिल्लामा रहेको स्थानीय तह र वडाहरुमा रहेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विस्तार गर्नेगरी योजना प्राथमिकतामा राख्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । अहिले देशका ४१ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

समितिले शिक्षा, उद्योग लगायत राज्यका हरेक क्षेत्रका संरचनालाई प्रविधिमैत्री बनाउने योजनामा पनि काम गर्न निर्देशन दिएको छ । महामारी छ भनेर काम ठप्प राख्ने अवस्था नभएकाले लक डाउनको पालना गरी सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न पनि निर्देशन दिएको छ । काम सञ्चालन गर्दा गुणस्तर र मूल्यमा सम्झौता नगर्न समितिले चेतावनी समेत दिएको छ ।

समितिले कोभिड—१९ ले देशमा बेरोजगारीको अवस्था निर्माण गरी आर्थिक मन्दी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादन र जनशक्ति परिचालन गरी काम गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ ।