१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क

चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क
अ अ+ अ-

दुर्गा देवकोटा
लम्की । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये ४० वर्षीय एक जनालाई सामान्य रुघा लागेको छ  भने अन्य १९ र २१ वर्षीय युवकलाई केही समस्या देखिएको छैन ।  चालीस वर्षीय पुरुष भारतको महाराष्ट्रबाट आउनुभएको हो भने १९ वर्षीय युवक सुनसरीको इटहरी र २१ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आउनुभएको हो । कैलालीको जानकी गाउँपालिका ७ घर भएका २१ वर्षीय युवक गत वैशाख २९ गते बाँकेबाट आउनुभएको हो । बाँकेमा अध्ययनरत उहाँ एम्बुलेन्समा आएर पाँच दिन घर बसेपछि जानकी–७ का वडाध्यक्ष लक्ष्मण चौधरी उहाँको घरमै गएर युवकलाई क्वारेन्टाइन बस्न आग्रह गर्नुभयोे ।

गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका १६ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार तीन जनाको नतिजा  पोजेटिभ आएको हो ।  टीकापुर अस्पतालमा भर्ना गरिएका उनीहरुको दैनिक दुई पटक ज्वरो नाप्ने गरिएको छ । त्यसबाहेक चिकित्सकबाट नियमित जाँच भइरहेको छ । कोरोना संक्रमितलाई अस्पतालमा राखिएपछि  त्यहाँ त्रास बढेको छ । अस्पतालमा नियमित उपचारमा आउनेहरु घटेका छन् । ‘‘संक्रमितहरुमा समस्या छैन । संक्रमित राखेपछि अस्पतालमा आउने बिरामी भने घटेका छन्’’, टीकापुर अस्पतालका डा जीतेन्द्र कँडेल भन्नुहुन्छ, ‘‘अस्पतालमा दैनिक तीन सय पचास जनासम्म बिरामी आउँथे । आजभोलि एक डेढ सय जना मात्र आउन थालेका छन् ।’’  अस्पतालले दुई साताअघि मात्र बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । ओपिडी सेवा सञ्चालनमा आएपछि बिरामीको संख्या बढेको थियो । डा कँडेलले अस्पतालले   नियमित सेवा दिइरहेको बताउनुभयो । ‘‘हामी डराएका छैनौँ, यस समयमा हामीले दिने सेवा थप गरेका छौँ’’, डा कँडेलले भन्नुभयो, ‘‘बिरामीको एकै समयमा भीड नहोस् भनी २४ सै घण्टा ल्याब र एक्सरे सेवा शुरु गरेका छौँ ।’’

अस्पतालले बालबालिकाका लागि नियमित खोप र प्रसूति सेवा निरन्तर दिइएको जनाएको छ । संक्रमितहरु अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छन् । संक्रमितमध्येका २१ वर्षीय युवक आवश्यक सेवा समयमै पाइरहेको बताउँछन् । ‘‘पानीको कार्टुन राखिदिएको छ । खानेकुरा समयमै पाइएको छ’’, उनी भन्छन्, ‘‘अस्पतालले बिहान चिया, दिनमा दुई पटक खाना र  एकपटक खाजा दिने गरेको छ ।’’ उनका अनुसार तीनै जनालाई एउटै कोठामा बासको व्यवस्था गरिएको छ । ‘‘शौचालय, बाथरुम सोही कोठामा छ, बस्नलाई खासै समस्या छैन’’, युवकले भने, ‘‘२४ सै घण्टा कोठामा बस्न कठिन हुने रहेछ । मसँग त मोबाइल छ । अन्य दुई जना संक्रमितसँग मोबाइल नि छैन ।’’

अस्पतालले इन्टरनेट जडान गरिदिएको छ । उनीहरु त्यही एउटा भएको  मोबाइलमा गीत बजाउँछन् । गफ गरेर समय व्यतीत गछैन् । उनीहरुले आफूमा   बिरामीको कुनै लक्षण नदेखिएको तर कोरोना लागेको बताएपछि भने मनमा त्रास बढेको बताए । ‘‘अलिअलि डर पनि लागेको छ तर तीनै जनाले कोरोना संक्रमणलाई हराउँछौँ भन्ने हिम्मत गरेका छौँ’’, संक्रमितमध्येका १९ वर्षीय युवक भन्छन्, ‘‘डाक्टरले केही हुन्न भन्नुभएको छ । डाक्टरको कुरा सुन्दा डर हट्ने गरेको छ ।’’