२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले बनायो रुकुम पश्चिम घटनाबारे छानबिन गर्न समिति



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले रुकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभा संसदमा घटनाबारे जानकारी गराएका हुन्। घटनामा तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको छन् । 

उनले उक्त छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको गृहमन्त्री थापाले बताए।

उनले बेपत्ता रहेका तीन जनाको खोजी गर्न गोताखोर पठाउने काम भइरहेको बताएका छन्। प्रेमिका भगाउन गएका नवराज विकसहित तीन जनाको शव फेला परिसकेको छ।