१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

संसदिय छानबिन समिति गठन गर्न माग

संसदिय छानबिन समिति गठन गर्न माग
अ अ+ अ-

काठमाडौं । सांसदहरुले रुकुम चौरजहारीको घटनामा पुर्व गृहमन्त्री जनार्दन शर्मानै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् । सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह् गरिरहनुभयो । तर केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो । विपक्षी सांसद लगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुदै उहाँले भन्नुभयो “सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ती गर्नु कुन नियमावलिमा छ सभामुख महोदय रु म बोल्न नपाउनु रु मेरो बोल्न पाउने अधिकारको हनन नगरियोस् । म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दा बोल्दै आपत्ती गरेको कुरामा मेरो पनि आपत्ती छ ।’’ सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए । सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्न लाई जोगाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।

यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्याननाकर्षण गराउनुभएको थियो । उहाँले मुलुकलकै इतिहासमा त्रासदीपुर्ण र कहालीलाग्दो जातिय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानविन गरी मृतकका परिवारलाई राहतको व्यवस्थागर्न माग गर्नुभयो ।सांसद पार्वति कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातिय विभेदको वर्वरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रेमलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो भनी प्रश्न गर्नुभयो । उहाँले “अन्र्तरजातिय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय” भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “अन्र्तरजातिय प्रेम गर्नुको सँजाय भनेको मारिनु हो ? सभामुख महोदय ? ” उहाँले घटनाको सत्य तथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।सांसद रेणु कुमारी गुरुङले घटनाको निष्पक्ष छाननविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।