३० असार २०८३, मंगलवार
,
Latest
सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग सांसद खुश्बु ओलीको माग ‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’: सांसद डा. अर्जुन कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन मन्त्रिपरिषद बैठक ४ बजे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले राप्ती राजमार्ग ठप्प, यात्रुहरु अलपत्र



अ+ अ-

सल्यान। लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग साँझ ७ बजेदेखि ठप्प भएको हो।

पहिरोका कारण यात्रुवाहक गाडीहरू बीच बाटोमै रोकिएका छन् भने एक गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न पनि असम्भव भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीका अनुसार आइतबार दिउँसो पनि पहिरोका कारण राजमार्ग करिब चार घण्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर केहीबेर गाडी चलाइए पनि साँझ पुनः भारी वर्षासँगै पहिरो झरेर बाटो पुनः बन्द भएको उनले जानकारी दिए।

रात परिसकेकाले तत्काल पहिरो हटाउन सकिने अवस्था नरहेको र सडकमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्ग रोज्न सुझाव दिइएको खत्रीले बताए। यद्यपि, वैकल्पिक मार्ग पनि अवरुद्धजस्तै भएकाले समस्या थपिएको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सोमबार बिहानबाट पहिरो पन्छाउने तयारीमा जुट्ने जनाइएको छ।




भर्खरै