१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मंगलवार कुन-कुन जिल्लामा भेटिए ९० जना कोरोना संक्रमित

मंगलवार कुन-कुन जिल्लामा भेटिए ९० जना कोरोना संक्रमित
अ अ+ अ-

काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महोत्तरीका २ जना रहेका छन् । यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ । रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ । एक जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षिय बालिका पनि छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६१, बागमती प्रदेशमा २४ हजार २ सय १६ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १६ हजार ८ सय ८०, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनाको आरडिटी परीक्षण भएको छ ।

क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।