१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरू

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरू
अ अ+ अ-

काठमाडाैंः शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. २७ कमाण्ड तथा स्टाफ तालिमको बलाधिकृत रथी शरद कुमार गिरीले एक विशेष समारोहका बीच मंगलबार शुभारम्भ गर्नु भएको छ ।

उक्त कार्यक्रममा बलाधिकृत रथी गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिनु भएको थियो भने कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बालकृष्ण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नेपाली सेनाले जनाएकाे छ ।

सोहि अवसरमा उक्त कलेज परिसरमा रहेको कैलाश ग्रीन ग्राउण्ड ईलाकामा तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले आ-आफ्नो देशको झण्डोतोलन समेत गरेका थिए । 

उक्त तालिममा नेपाली सेनाका तर्फबाट ६० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत  श्रीलङ्का, बेलायत र संयुक्तराज्य अमेरिकाका १/१ गरी ३ विदेशी शिक्षार्थी सहित जम्मा ६६ जना अधिकृतहरु सहभागी भएका छन् ।     

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९१४, विभिन्न मित्रराष्ट्रहरुका ८३, नेपाल प्रहरीबाट ११, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १४ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा १०४७ जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

 

शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको उक्त तालिम कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परिक्षण गरी रोग नलागेको एकिन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतहरुलाई पूर्ण रुपमा क्वारेन्टाईनमा राखी सामाजिक दुरी कायम गरी आवश्यक रोकथामका उपायहरु अबलम्बन गरि संचालन गर्न लागिएको  सेनाले जनाएकाे छ ।