७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मिरुना भन्छिन्– ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पोजेटिभ भाइब्स आइरहेको छ

मिरुना भन्छिन्– ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पोजेटिभ भाइब्स आइरहेको छ
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफलभन्दा पनि सफल धेरै छन् ।

सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त ? यदि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ ।

आम नेपाली समाजको कथा, इमोस्नल टच, अब्बल कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पनि उनले सफलताको अपेक्षा गरेकी छन् ।

“जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो । यो सिनेमा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

बलियो लाइनअप रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । उनी भन्छन्,
“यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो सिनेमा सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।”

“हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व,” एसोसिएट निर्देशक राउत भन्छन्, “यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यही भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हुौँ । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो सिनेमाले देखाउछ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विस्वस्त छु ।’

आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।