७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती
अ+ अ-

नेपालगञ्ज । भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गर्नुभएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उहाँले आधुनिक प्रविधिमा च्याउखेती गर्नुभएको हो ।

धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताउनुभयो । “भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आर्कषण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धानअनुसार च्याउखेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ”, उहाँले भन्नुभयो ।

किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राख्नुभयो । “आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेको छु”, उहाँले भन्नुभयो ।

आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आउनुभएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्नुहुन्छ । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उहाँले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिनुभयो ।

लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका सहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उहाँले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोम्म च्याउको उत्पादन हुने बताउनुभयो ।

“लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भन्नुभयो, “उत्पादित च्याउ हवाई जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।” सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उहाँले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताउनुभयो ।

अहिलेसम्म रु पाँच करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैध रूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताउनुभयो । “भन्सार छलरे आउने च्याउले हाम्रो बजाीकरणमा ठूलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पुर्‍याइरहेको छ”, उहाँले भन्नुभयो ।

करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिनुभयो । भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उहाँले बताउनुभयो ।

फार्मको कम्पोष्ट मल उत्पादनमा रु एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिनुभयो । उहाँले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताउनुभयो । “यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला”, उहाँले भन्नुभयो ।

आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुईजना युवाकोसमेत सो फार्ममा लगानी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाउनुभएको छ । च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरिय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उहाँको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु दुई सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेका बताउनुभयो । जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताउनुभयो ।रासस