२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गर्नुभएको छ । उहाँले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाउनु भयो । ब्युरोका प्रमुखले प्रश्तुत गर्नुभएको तथ्यांक गलत भएको उहाँको भनाइ छ ।

ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको हो । जसले मे र जुनको लागि मात्र ७३ हजार गैर–कृषि रोजगारी थपिएको – पूर्वानुमान भन्दा धेरै कम – र मे र जुनको लागि २ लाख ५० हजार भन्दा बढी रोजगारी संशोधन देखाएको थियो ।

जुलाई २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले म्याकएन्टार्फरलाई यस भूमिकाको लागि छनोट गर्नुभएको थियो ।