२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा
अ अ+ अ-

नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । 

जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ । टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका मगरले बताउनुभयो ।  

भएका स्रोतको सदुपयोगसहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन् । उक्त परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफूहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । धौवादीको डाँडास्थित रुद्रपुरमा विसं २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो । 

रु दुई करोड बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले भने हावाबाट निकालिएको बिजुली बन्द भएको छ । हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रुपमा समेत विकास भएको थियो । 

स्थानीवासीका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो । यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो । रुद्रपुरका मीनबहादुर राना मगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो । 

परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए । धौवादी डाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए । हावाबाट विद्युत् उत्पादन हुँदा टेलिभिजन हेर्न, रेडियो सुन्न तथा मोबाइल चार्ज मिल्ने गरेको भए पनि अहिले स्थानीयवासी यी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् । रासस