१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तमा बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, अब बानियाँ मुख्यमन्त्री



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा हिजो दोस्रो पटक छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् । उनले आफ्ना तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त भने राखेका छन् ।

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

आफ्नो पक्षका १४ सांसदसहित लामा र मुख्यमन्त्रीका दाबेदार बानियाँबीच छलफल भएको थियो । सभापति देउवाको उपस्थितिमा भएको बैठकमा सरकार सञ्चालन र मन्त्री भागबन्डामा सहमतिपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

नयाँ सरकारमा लामा पक्षले प्रस्ताव गरेका कम्तीमा तीन मन्त्रीको सहभागिता हुनुपर्ने सहमति भएको छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने माग पनि गरेका छन् ।

दुई दलीय सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसका ८ र एमालेका ६ मन्त्री थिए ।

आन्तरिक विवादका कारण कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी मात्रै छन् । राजीनामा दिएका पाँच मन्त्री बानियाँको पक्षमा छन् ।