२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा बालिका बलात्कृत



अ+ अ-

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।  

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्याई सो हर्कत गरेको आरोप लगाइएको छ ।  राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।