१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोना परिक्षणमा शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

कोरोना परिक्षणमा शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कोरोना परिक्षण्मा शुल्क नलिन आदेश जारि गरेको छ । अदालतले कम आय भएका, विपन्‍न, गरिबीको रेखामुनि रहेका वर्गका लागि निजी स्वास्थ्य संस्थाबाट शुल्क लिएर र्यापिड डाइग्नोष्टिक किट (आरडिटी)बाट कोरोना परीक्षण नगराउन अन्तरिम आदेश दिएको हो । 

मंगलबार न्यायाधीश तेजबहादुर केसीको एक इजलासले कम आय भएका, गरिबीका रेखामुनि रहेका, लुकिछिपी र समूहगत रूपमा नेपाल प्रवेश गरी कोरोनाको जोखिममा परेका समूह, व्यक्ति, कोरोनाको लक्षण देखिएका जिल्लाभित्रको कुनै क्षेत्रका व्यक्तिहरू र भारतबाहेक तेस्रो मुलुकबाट आउने विपन्‍न समुदायका ब्यक्तिहरूका लागि शुल्क तिरेर र्यापिड टेस्ट गर्न दिने सरकारको योजना कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यसबाहेकका व्यक्तिहरुले भने आफुअनुकुल शुल्क तिरेर निजी स्वास्थ्य संस्थाबाट आरडिटी किटबाट कोरोना परीक्षण गराउन पाउनेछन् ।

अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाललगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले निजी स्वास्थ्य क्षेत्रलाई शुल्क लिएर र्यापिड किट प्रयोग गरी कोरोना परीक्षण गर्न दिने निर्देशिका किन जारी गरेको भनी औचित्य पुष्टि गर्न स्वास्थ्य मन्त्रालयलाई छलफलका लागि झिकाएको छ ।

यसअघि २ जेठमा स्वास्थ्य मन्त्रालयले शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट पनि र्यापिड टेस्ट गराउन पाउने निर्णय गरेको थियो ।