२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिव्य पशुपतिनाथ सफाइमा कलाकार



अ+ अ-

काठमाडौँ। दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् । ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।

‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो ।

बढ्दो प्लास्टिक फोहोर व्यवस्थापन, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको अभियानमा समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई सरिक गराउने नीतिअनुसार आज सुदू्रपश्चिमका चर्चित कलाकारले सफाइ गरेका उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रेसन नेपाल, फाउण्डेसनका स्वयम्सेवक र सेन्ट लरेन्स कलेजका विद्यार्थीको समेत सहभागिता रहेको थियो । त्यस क्रममा ३०० सय किलोग्रामभन्दा बढी फोहोर सङ्कलन भएको थियो । फोहोरमा प्रायः चुरोट, गुट्खा र चक्लेटका खोल तथा मेडिकल सामग्रीलगायत भेटिने गरेको अभियान्ता फाउण्डेशनका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

“विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र फोहोर हुनुले नेपालकै छविमा नराम्रो सन्देश जान्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि अभियान सुरु गरेका छौँ, यो निरन्तर जारी रहनेछ । यसमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

यही साउन ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभियान शुभारम्भ गर्नुभएको थियो । रासस