९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले विसं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो ।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

छनोट भएका कृतिहरुमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ ।

उहाँले यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ । उक्त पुरस्कारको राशी रू ३ लाख रहेको छ ।




भर्खरै