२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

पश्चिम रुकुमको घटनाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग

पश्चिम रुकुमको घटनाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग
अ अ+ अ-

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको पनि बताएको छ ।

संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र कोषाध्यक्ष जानकी सिंहको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘यही जेष्ठ १० गते राति पश्चिम् रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको बिभत्स घट्नामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन्। यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घट्ना हो ।’

आजको २१औं शताब्दीमा पनि जातीय बिभेद एबं छुवाछुतका कारणले घटेको यस्ता घटना ज्यादै निन्दनीय भएको संघको ठहर छ । संघले थप भनेको छ,‘यस घटनाले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ। यस्तो अमानवीय घृणित कार्यको नेपाल महिला संघ घोर भत्सर्ना गर्दछ ।’

उक्त घटनामा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ता पारिएकाहरूको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने पनि संघको माग छ । साथै, उक्त घट्नालाई सामान्य रूपमा नलिईकन संसदीय छानबिन समिति गठन गर्नुपर्ने संघको जोडदार माग छ ।

उक्त घट्नाको निश्पक्ष रूपमा छानबिन गरि सत्य, तथ्य बाहिर ल्याई सम्पूर्ण दोषीहरूलाई नेपालको मुलुकी अपराध संहिता–२०७४ र छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन–२०६८ अन्तरगत कानुनी दायरामा ल्याई हदै सम्मको सजाय दिनुर्पे संघको माग छ । त्यस्तै, पीडित परिवारलाई क्षतिपूर्ति तथा सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि संघले माग गरेको छ । संघको तर्फबाट विज्ञप्ती महासचिव धना खतिवडाले वाचन गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै महासचिव खतिवडाले रुकुम पश्चिमको उक्त घट्नाले नेपालमा अझैपनि ढुंगे युग रहेको कुरा पुष्टि गरेको टिप्पणी गरिन् । उनले उक्त घट्नालाई अमानवीय र पाश्विक घट्नाको संज्ञा दिईन् । उनले यस्ता घट्नामा संलग्न दोषीलाई फाँसी दिनैपर्ने पनि माग गरिन् । बलात्कारलगायतका जघन्य अपराधमा संलग्न दोषीलाई फासी दिनुपर्ने उनको भनाई छ ।

उनले भनिन्,‘भारतमा एक जना भेटनगरी डाक्टरलाई बलात्कार गरेको अभियोगमा फासी दिईयो, नेपालमा पनि यसको सुरुवात गर्नुपर्छ ।’ यसको लागि बरु संविधान संशोधन गर्नुपरेपनि गर्न ढिलाई गर्न नहुने तर्क गरे । उनले घट्नालाई यत्तिकै ढिसमिस नगर्नपनि आग्रह गरेकी छिन् ।

कार्यक्रममा बोल्दै संघकी महासचिव मञ्जु खाँणले पनि उक्त घट्नाको कडा निन्दा गरिन् । लकडाउनको बावजुदपनि आफूहरु उक्त घट्नामा चुप लागेर बस्न नहुने भन्दै पत्रकार सम्मेलन गर्न बाध्य भएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘हामी लकडाउनमा बस्दाबस्दैपनि हाम्रो मनले नमानेर, हामी आज पत्रकार सम्मेलन गर्न आयौं । यो लकडाउनको बावजुदपनि मिडियाकर्मीहरुले त्यो अमानवीय घट्नाको सम्पूर्ण कुरा बाहिर ल्याईदिनुभयो । अनिमात्रै त्यहाँको प्रहरी, प्रशासनले घट्नामा संलग्न भएको आशंकामा कानूनी कठघरामा लिनुभएको थियो । त्यसैले म सञ्चारकर्मीहरुलाई धन्यवाद भन्न चाहन्छु । अहिले उपल्लो जात भन्नेहरुले यो घट्ना घटाउनुभयो, यो साह«ै निन्दनीय छ । यो घट्नाको हामी कडाभन्दा कडा भत्र्सना गर्न चाहन्छौं ।’

उनले अघि भनिन्,‘साथीहरु म आज यत्तिमात्रै भन्न चाहन्छु कि सत्तारुढ दल र त्यहाँबाट आएका जनप्रतिनिधिहरु पूर्वमन्त्री, वर्तमान मन्त्री जोसुकै हुनुहुन्छ तपाईहरुको चर्चा आईरहेको छ कि तपाईहरु छुटाउन लाग्नुभएको छ भनेर ।’

उनले नेपालमा भएका बलात्कारलगायतका धेरै ठूला–ठूला जघन्य अपराधमा धेरै आयोग बनेको तर अहिलेसम्म पीडितले न्याय नपाएकोले यो घट्नामा पनि न्याय नदिने हो कि भनेर आफूलाई शंका लागेको आशंका व्यक्त गरिन् । उनले भनिन्,‘मिडियाले चनाखो भएर सत्य, तथ्य बाहिर ल्याउन ठूलो भूमिका खेल्नेछ ।’

उनले के सत्तारुढ दलका मान्छेहरुलाई अपराध गर्न छुट छ ? भन्दै कडा प्रश्न समेत गरिन् । खाँणले अघि भनेकी छिन्,‘म आज प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु के तपाईहरुको दललाई लाईसेन्स दिनुभएको छ ? यो घट्नाले सम्पूर्ण नेपालीहरुलाई दुःखी बनाएको छ । दलितप्रति भेदभाव कानूनी रुपमा अपराध हो । अहिलेसम्म रुकुम र जाजरकोटका सिडिओहरु घट्नास्थलमा पुगेका छैनन् । दुवै जिल्लाका प्रहरी प्रमुख पनि पुगेका छैनन् । राज्यले यो घट्ना टुलुटुलु हेरेर नबोस् ।’

कार्यक्रममा संघकी सदस्य लता घिमिरेले उक्त घट्नालाई जघन्य अपराधको संज्ञा दिईन् । उनले भनिन्,‘अहिले हामी २१औं शताब्दीमा आउँदाखेरि यो जातपात, छुवाछुत, भेदभावको कारणले गर्दाखेरि कसैले ज्यान गुमाउनुपर्छ, कोही समूदाय पीडित हुनुपर्छ भने योजस्तो घोर निन्दनीय काम अरु केही हुन सक्दैन् ।’

उनले नेपालको संविधानले प्रत्येक व्यक्तिको मानवोचित मर्यादा समान हुने प्रत्याभुति गरेको सुनाउँदै अब कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताईन् । तर, यस्ता घट्ना घटिरहँदा नेपाली समाज कता गैरहेको छ भन्ने कुरा पनि यी घट्नाले चित्रण गर्नेपनि उनको भनाई छ । उक्त घट्नाको बारेमा जतिनै भत्र्सना गरेपनि कम हुने घिमिरेको भनाई छ ।

जातकै कारण कसैको मृत्यु हुनेसम्मको घटना घटाइनु ज्यादै निन्दनीय तथा अमानवीय अपराध एवं मानव समाजको लज्जाको विषय भएको भन्दै दोषीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न पनि उनले सरकारसमक्ष माग गरिन् ।

प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरूलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टीकाराम नेपालीको ज्यान गएको थियो । ज्यान बचाउन खोलामा हामफालेका अन्य तीनजनाको अवस्था अझै अन्योल नै रहेको छ । र, उनीहरुको खोजीको लागि गोताखोर परिचालन गरिएको छ ।