काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को म्याद १० वर्षसम्म कायम रहने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
जसअनुसार सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ । यस अघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो ।
यस्तै जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।










