३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयेन्द्रबारे माओवादी सांसद लामाको टिप्पणी, भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले…



अ+ अ-

काठमाडौँ । पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर यतिबेला सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन् ।

तर, नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ ल्हामु लामाले भने तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएकी हुन् ।

संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको भन्दै लामाले आक्रोश पोखेकी हुन् ।

‘उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनुपर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्‍यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन’, उनले फेसबुकमा लेखेकी छिन् ।