१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयेन्द्रबारे माओवादी सांसद लामाको टिप्पणी, भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले…



अ+ अ-

काठमाडौँ । पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर यतिबेला सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन् ।

तर, नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ ल्हामु लामाले भने तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएकी हुन् ।

संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको भन्दै लामाले आक्रोश पोखेकी हुन् ।

‘उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनुपर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्‍यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन’, उनले फेसबुकमा लेखेकी छिन् ।