२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायमा छलछाम नगर्न द्वन्द्वपीडितको खबरदारी



अ+ अ-

काठमाडौं: द्वन्द्वपीडित अगुवाहरूले संक्रमणकालीन न्यायमा छलछाम नगर्न सरकारलाई खबरदारी गरेका छन् ।

आज सिंहदरबारमा द्वन्द्वपीडित अगुवाहरूले प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल सहित गृहमन्त्री रमेश लेखक र माओवादी प्रतिनिधि खिमलाल देवकोटा सहितको समूहसंग भेटघाट गरी यस्तो खबरदारी गरेका हुन् ।

बैठकमा सहभागी द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भन्नुभयो, राज्यलाई धेरै छलछाम नगर्न, तत्काल दुवै आयोग खारेज गरी पीडित प्रतिनिधित्व सहितको नयाँ प्रक्रिया सुरु गर्न पीडितहरुको समूहले शसक्त आफ्नो धारणा राखेका छन् ।

अधिकारीले भन्नुभयो, आयोग गठनको प्रकृया क्याप्चर गर्नुभयो, प्रक्रिया गलत भो । राजनीतिक भागवण्डा गर्नुभयो, बफादार पात्र तयार गर्नुभयो, प्रक्रियामा पूरै नाटक गर्नुभयो । अहिलेको प्रक्रिया र पात्र दुबै गलत छ । आयोग गठनका विरुद्धमा हामी मुद्दा लिएर अदालत जान्छौं । साथै नागरिक आयोग गठन गर्न बाध्य नपार्न पनि खबरदारी गरेका छौं ।

उहाँहरुले यसै आयोगलाई निरन्तरता दिएर जान आग्रह गर्नु भएको थियो । विदेशीहरुलाई हामी काम गरिरहेका छौं, इन्गेज गरिरहेका छौं भनेर जवाफ दिने गरेको हाम्रो बुझाइ छ ।

सरकारले लामो छलफल र बहसपछि यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको छानबिन आयोग गठन गरिसकेको छ । तर यी दुबै आयोगको गठन र यसका पदाधिकारीको छनौटलाई लिएर सुरुदेखि नै विवाद हुँदै आएको छ ।