२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पदबाट राजीनामा दिँदै बहादुरसिंह लामा



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि उनी राजीनामा दिन तयार भएका हुन् ।

भोलिसम्म उनले राजीनामा दिने स्रोत बताउँछ । लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । बानियाँ मुख्यमन्त्री बन्ने दाउमा छन् ।