५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा: डब्लुएचओ



Palestinians carry sacks of flour unloaded from a humanitarian aid convoy that reached Gaza City from the northern Gaza Strip, Saturday, July 26, 2025. (AP Photo/Jehad Alshrafi)
अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको शिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवज्ञश्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुपोषणबाट निको हुन महिनौंको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार चाहिने उल्लेख गर्दै सङ्गठनले केही प्रभावहरू आजीवन हुन सक्ने र वृद्धि तथा दीर्घकालीन स्वास्थ्य जोखिम कायम रहने जनाएको छ ।

डब्ल्यूएचओले सबै सम्भावित मार्गमार्फत गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्बाध प्रवेशका लागि आह्वानसमेत गरेको छ । सङ्गठनले इजरायललाई सहयोगको वितरणलाई सहज बनाई जीवन बचाउन र नागरिकहरूको पीडा अन्त्य गरी यसको सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न आग्रह गर्दै युद्धविरामको आह्वान गर्नुभएको छ ।