एजेन्सी । चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ ।
बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ ।
उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा प्रयोग गरिनेछ ।










