२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि हो, भारतीय सेना हट्नुपर्छ

कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि हो, भारतीय सेना हट्नुपर्छ
file
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय संचारमाध्यम द हिन्दूलाई दिएको अन्तरवार्तामा नेपाली भूमि कालापानीबाट भारतीय सेना हट्नु पर्ने बताएका छन् । उनले सीमा विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने पनि बताएका छन्।

हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित अन्तरवार्तामा ज्ञवालीले वार्तामा तत्काल बस्न पनि भारतीय अधिकारीलाई आग्रह गरेका छन् । दुई देशका प्रधानमन्त्रीस्तरबाट सहमति भएर बनेको विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि मिति तोक्न नेपालले गरेको प्रस्तावलाई पनि भारतले बेवास्ता गरेको उनले बताएका छन्।

ए‍ेतिहासिक दस्तावेजले उक्त भूमि नेपालकै प्रमाणित हुने भन्दै ज्ञवालीले नेपाललाई हस्तान्तरण गरेर फिर्ता जान भारतलाई आग्रह गरेका छन् । भारतले नोभेम्बर २०१९ मा नयाँ राजनीतिक नक्शा जारी गरेपछि यो विषय बल्झेको पनि बताएका छन्।

भारतले नेपालका राजदूतलाई उच्च–तहको भेट दिन अस्वीकार गरिएको विषयमा सोधिएको प्रश्नमा ज्ञवालीले त्यस्तो अवस्था सिर्जना नभएको बताएका छन् । उनले भनेका छन्, “हाम्रो राजदूतको भारतीय अधिकारीसँगको भेटघाटको सन्दर्भमा केही मिडियामा आएको जस्तो परिस्थिति भएको होइन ।”

“सुस्ता र कालापानीको भूभाग साटासाट गरेर समाधान खोजिए नेपाललाई स्वीकार्य हुन्छ ?” भन्ने भारतीय पत्रकारको जवाफमा ज्ञवालीले वार्तापछि हुने सहमतिले मात्र यसलाई निर्धारण गर्ने बताएका छन् । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि नै भएको उनले बताएका छन्।

संविधान जमिनको आधारभूत कानून भएकाले संशोधन गर्न लागिएको पनि उनले बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संशोधन प्रस्तावका विषयमा छलफलका लागि थप समय चाहिएकाले बुधबार संसदको कार्यसूचीबाट हटाइएको पनि उनले बताएका छन्।