२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

लकडाउनको ६६ औ दिन जारि रहदा राजधानीका सडकमा जे देखियो, हेरौ यी तस्विरहरु

लकडाउनको ६६ औ दिन जारि रहदा राजधानीका सडकमा जे देखियो, हेरौ यी तस्विरहरु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ ।  

लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावस्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । मानिसहरुको आवागमन पनि देखिदैन् । संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् ।  गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ ।