२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गर्नुभएको छ ।

सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच आज भेटवार्ता भएको हो । भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गर्नुभयो ।

उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पु¥याउन सक्रिय रहेको बताउनुभयो । विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गर्नुभयो । रासस