२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन



अ+ अ-

काठमाडौँ। प्रा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा अच्युत वाग्लेले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गर्नुभयो ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंहले उक्त पुस्तक नेपालमा समकालीन सार्वजनिक बहस बढाउनका लागि एक महत्त्वपूर्ण ज्ञान स्रोतका रुपमा रहने बताउनुभयो । पुस्तकले नेपालको थप योजना र नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई मार्गदर्शन गर्ने अपेक्षा रहेको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली समाजको विकासबारे विगतमा धेरै राजनैतिक बहस भए पनि आर्थिक बहस भने नभएको बताउनुभयो । “आर्थिक बहस हुनुपर्ने समयमा पुस्तक आएको छ, आर्थिक बहसलाई नयाँ ढङ्गबाट अगाडि बढाउन पुस्तक सहयोगी हुनेछ”, उहाँले भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा अच्युत वाग्लेले पुस्तकमा विगतमा प्रकाशित धेरै पुस्तक तथा प्रकाशनको अध्ययन विश्लेषण गरी त्यसको सन्दर्भसमेत उल्लेख गरिएको बताउनुभयो । “यो पुस्तक नीति निर्मातादेखि अनुसन्धानमा संलग्न सबैलाई उपयोगी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा अध्यक्ष तथा पुस्तकका लेखक प्रा पुष्कर बज्राचार्यले पुस्तक देशलाई समृद्ध नेपालमा रूपान्तरणको बाटो देखाउन लेखिएको र विश्लेषणका आधारमा देशले अव लिन पर्ने कदमहरु सिफारिस गरेको बताउनुभयो । लेखक मोहन दास मानन्धरले नेपालमा विकास कार्यक्रम र परियोजनाहरूको आधार तयार गर्न पुस्तक एक बहुमूल्य स्रोत हुने बताउनुभयो ।

लेखक रोजन बज्राचार्यले शिक्षक, विद्यार्थी, विकास अभ्यासकर्ता र आम पाठकहरू र नेपालको विकासमा रुचि राख्ने सबैलाई पुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।

पुस्तकमा नेपालको सामाजिक आर्थिक स्थितिको विश्लेषण, समृद्धि र सामाजिक कल्याणको रूपरेखा प्रस्तुत गर्दै मुलुकमा भएका नीतिगत पहलहरूको विश्लेषणात्मक अनुसन्धान गरिएको छ ।

पुस्तकमा मुलुक रूपान्तरणका लागि महत्वपूर्ण सुझाव सिफारिस समेत गरेको छ । पुस्तकले मूलतः अर्थतन्त्रका सबै आयामहरू र खण्डहरूलाई समेट्दै स्रोतहरूको उचित प्रयोग गर्ने नवीन दृष्टिकोण सहितको निकास प्रदान गरेको जनाइएको छ । रासस