२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जितालाई दण्डित गरिएको होइन पार्टीलाई निकास दिन यो कदम चालिएको हो: नयाँ अध्यक्ष चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संयोजक रेशम चौधरीका बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेका चौधरीले पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ ।’

पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिँदै उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए । उनले भने, ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन । केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो । हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन ।’

पार्टी सदस्यले उहाँप्रति लगाइएका आरोप फेस गर्न पार्टी तयाररहेको बताउदै उनले भने, ‘अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । निकासका लागि मात्रै अघि बढेको हो ।’