२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १५६ जना थपिए, संक्रमितको संख्या एक हजार नाघ्यो, थप एकको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यति धेरै नागरिक २४ घन्टा यता संक्रमित थपिएको यो पहिलो पटक हो । 

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । ती संक्रमितमध्ये आज थप एकजनाको निधन भएको छ । यसरी नेपालमा कोरोनाबाट निधन हनेको संख्या ५ पुगेको छ । यसैगरी १९० जना निको भएर घर फर्किएका छन् । 
मन्त्रालयले आज गराएको अपडेटमा ललितपुरको बुंगमतिका एकजना ५६ वर्षीय पुरुषको निधन भएको हो । उनी ललितपुरको किष्ट अस्पतालमा उपचार गराइरहेका र कलेजोको विरामी रहेका थिए ।