७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न
अ+ अ-

काठमाडौं:  यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीलेसेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालनगरेका थिए। यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए। कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षाएवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ-आफ्ना प्रस्तुतिहरू दिएका थिए। त्यसै अवसरमा MT-15 V2 को आइस स्टोर्म र FZ-S V3 को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि श्री केजीएसट्रेडिंगकन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे। गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

यस भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको प्रभावशाली मन्तव्यले थप ऊर्जावान् बनायो। उनले आफ्ना नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभवहरू साझा गर्दै सहभागीहरूलाई प्रेरित गरे। योसँगै एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष श्री विष्णु कुमारअग्रवालको न्यानो सम्बोधनले कार्यक्रममा अझ उत्साह थपेको थियो।उनले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्वर आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए। उनका शब्दहरूले यामाहाको यात्राको केन्द्रमा साझा लक्ष्य र आपसी विश्वासरहेको सन्देश प्रस्ट पारेका थिए।

पुरस्कार वितरण समारोहले उत्कृष्टता र समर्पणको उत्सव मनाएको थियो। कार्यक्रममा A0, A1, A2र A3 श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। साथै, “ड्रिम टार्गेट” प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।

नेटवर्किङ, पुरस्कार र यामाहा परिवारभित्रको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको यस दुईदिने उत्सव एक भव्य गाला डिनरसँगै समापन भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान श्री इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष श्री महेन्द्र प्रताप र डीजीएम श्री बिपिन सिंहको पनि उपस्थिति रहेको थियो। उनीहरूको अन्तर्राष्ट्रिय समर्थन र सहभागिताले यामाहाको असीमित एकता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गदै कार्यक्रमलाईविशेष बनाएको थियो।

नयाँ आर्थिक वर्षमा प्रवेश गर्दै गर्दा, डिलर्स मिट २०२५ ले यामाहाका उपलब्धिहरूको उत्सव मनाउने मात्र होइन, यसको सामुहिक शक्ति र ब्रान्डको “ब्लू राइज: वी राइज एज वान” भन्ने नाराप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न समेत सफल भयो।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्क मार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको छ। दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभवप्रदान गरिरहेको छ।