२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा बन्द रहेका उद्योगलाई विद्युत महशुलमा छुट



अ+ अ-

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका लागि बजेटमा सहुलियतको घोषणा गरेको छ । जसमा विद्युत महशुलमा छुट दिने घोषणा गरिएको हो। 

आजको संसदमा आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको छ । अर्थमन्त्रीको बजेट भाषणा संसदमा जारी रहेको छ ।