२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने

पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्ष २०७७ ÷७८का लागि सरकारको राजश्व र व्ययको अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसायको पुर्नरुत्थानका लागि पुर्नकर्जाका लागि छुट्टै कोष स्थापना गरिने जानकारी दिनुभएको हो ।  होटल लगायत पर्यटन मुलुक क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशत सम्मको व्याजदरमा कर्जा उपलब्ध गराउने गरी नेपाल राष्ट्रबैकले १ खर्ब सम्मको पुर्नकर्जा उपलब्ध गराउने भएको छ । त्यसैगरी कोरोना प्रभावित पर्यटन व्यवसायीका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुटै कोष स्थापना गरिने भएको छ ।  यो कोष नेपाल राष्ट्रबैक मार्फत सञ्चालन हुने छ । यसमा सरकार, सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दात्तृ निकायबाट प्राप्त हुने रकम रहने व्यवस्था मिलाईएको छ । निर्माण, यातायात, आमसञ्चार तथा चलचित्र लगायतको क्षेत्रमा परेको प्रभाव सम्बोधन गर्न इजाजतपत्र तथा उपकरणको नविकरण दस्तुरमा छुट तथा चालु पूँजीका लागि कर्जा सुविधा, लकडाउन अवधि भरका लागि ठेक्का तथा बैक ग्यारेण्टीको म्याद थपको व्यवस्था गरिएको छ । त्यसैगरी, नया लगानीलाई प्रोत्साहित गर्नका लागि २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने गरि नवप्रवर्तन सुरुवाती पूँजीका लागि ५० करोड विनियोजन गरिएको छ ।
संगठित क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि नेपाल सरकारले व्यहोर्ने भएको छ । तर यस्तो रकम तत्कालका लागि प्रतिष्ठानहरुले सापटीको रुपमा प्रयोग गर्न पाउने भएका छन् । नेपाल वायु सेवा कम्पनिले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्य, नविकरण लगायतका दस्तुरमा छुट दिईने भएको छ ।
त्यसैगरी कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगहरुले लकडाउन अवधिभर विद्युत्को डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युत्को खपतमा ५० प्रतिशत छुट दिईने भएको छ ।
तत्काल राहतको कार्यक्रमलाई कोरोना संक्रमण जोखिम रहने बेला सम्म निरन्तरता दिईने भएको छ । कामका लागि खाद्यान्न कार्यक्रममा आवद्ध नहुने तथा कोरोना प्रभावित असंगठित क्षेत्रका श्रमिकलाई न्युनतम ज्यालाको १ चौथाई बराबरको खाद्यान्न राहत स्वरुप रकम प्रदान गरिने भएको छ ।  
सरकारले घरयासी साना विद्युत उपभोक्तालाई मासिक १० युनिट सम्म खपत गर्नेलाई निशुल्क, मासिक १ सय ५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुल छुट दिने भएको छ । साथै खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने  विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ ।एक लाख सम्मको सामान्य कोरोना बिमा गर्दा लाग्ने बार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने भएको छ । स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयम्सेविका लगायतकाको बिमा दायित्वको शुल्क सरकारले व्यहोर्ने भएको छ । विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका र प्रवेशाज्ञा सकिएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि पनि सरकारले रकम विनियोजन गरको छ ।