२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा कर्मचारीलाई घुमफिरको कार्यक्रम



अ+ अ-

काठमााडौँ । सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्नका लागि प्रोत्साहित गरिने बजेट ल्याएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै देशदर्शनमा प्रोत्साहन हुनेगरी बजेट र कार्यक्रम ल्याएको बताए । तर पनि सो बजेटमा बिदाको विषयमा भने स्पष्ट पारेनन् । पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने उल्लेख छ । 

यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले कर्मचारीलाई घुम्न एक महिना विदा दिने भनेको थिए । 

नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ । एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ । त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ ।