४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटका मुख्य हाइलाइट्स



अ+ अ-

काठमाडाैंः नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तुत गरेकाे बजेटका प्रमुख हाइलाइट्स निम्न अनुसार छन् ।

  • आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ गरी कूल बजेट  १४ खर्ब ७४ अर्बको ६४ करोड 
  • राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र  आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ जुटाइने
  • स्वास्थ्य क्षेत्रका लागि ३८ अर्ब बजेट व्यवस्था, अघिल्लाे वर्षभन्दा उल्लेख्य वृद्धि
  • आगामी आर्थिक वर्षकाे शुरूमै काठमाडाैंमा मेलम्चीकाे पानी वितरण गरिने
  • विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गरिने
  • सबै स्थानीय तहमा अस्पतालमा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल बनाइने
  • प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने समानिकरण, समपुरक र विशेष अनुदान रकम यथावत
  • प्रदेशलाई ५५अर्ब १९ कारोड र स्थानीय तहलाई  ९० अर्ब ५कारोड रुपैयाँ समानिकरण अनुदान विनियोजन
  • सशर्त अनुदान तर्फ प्रदेशलाई ३६अर्ब ३५ करोड र स्थानीय तह १ खर्ब ६१ अर्ब ८ करोड रुपैयाँ विनियोजन
  • सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न अब स्वदेशमै उत्पादन गर्ने
  • सबै किसिमका सामाजिक सुरक्षा भत्ता निरन्तर
  • कमजोर र बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याइने
  • कोरोनाका कारण विदेशमा रोजगारी गुमेर स्वदेश फर्किने ५० हजार युवालाई स्वदेशमा रोजगारीकाे व्यवस्था गरिने
  • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ११ अर्ब ६० करोड बजेट व्यवस्था
  • राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्नका लागि प्रोत्साहित गरिने
  • काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन
  • पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन
  • निर्वाचित सांसदले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले यसवर्ष पनि निरन्तर, कार्यक्रमका लागि ६ अर्ब ६० करोड रकम विनियोजन
  • भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामका आगामी आर्थिक वर्षका लागि ५५ अर्ब बजेट
  • मदिराजन्‍य सामग्रीहरुमा कर
  • सुन तथा गरगहनामा लाग्‍ने भन्सार महसुल पनि बढ्ने
  • विशेष उद्योगहरुलाई आयकरमा २५ प्रतिशत छुट दिने
  • कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती
  • कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौती
  • अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन
  • कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन
  • सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको लागि दुई अर्ब ४६ करोड रुपैयाँ बजेट
  •  नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने
  • घरेल, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पयर्टन व्यवसायका श्रमिमक तथा कर्मचारीका पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत  ब्याजमा कर्जा उपलब्ध गराउन रु. ५० अर्बको छुट्टै कोष खडा
  • घरायसी साना विद्युत उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशल्क, मासिसक १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुल छुट दिने
  • कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतको सहुलियत ब्याजदरमा कजौ उपलब्ध गराउन नेपाल राष्ट् बैंकले रु १ खर्बसम्मको पूनरकर्जा सुविधा
  • नेपाल वायु सेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायु सेवा सञ्चालन अनुमति पत्र नवीकरण दस्तुर, उडान योग्यता प्रमाण्पत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूवार्धार करमा छुट
  • महाकाली सिचाइ आयाेजनालाइ राष्ट्रिय गाैरवकाे आयाेजनामा रूपान्तरण, १० अर्ब २५ कराेड बजेट व्यवस्था ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाइ स्यानेटरी प्याड निःशुल्क उपलब्ध गराइने  ।
  • बुटबल गाेरखपुर विद्युत प्रसारण लाइनकाे निर्माण थालिने ।
  • निजगढ अन्तरराष्ट्रिय विमानस्थलकाे हवाइ क्षेत्र भित्रकाे वस्ती स्थानान्तरण गर्न बजेट व्यवस्था ।
  •  

 

बजेटको पूर्णपाठ