२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले भाग लिने भाइब्रेन्ट गुजरात समिट स्थगित



अ+ अ-

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको भाइब्रेन्ट गुजरात समिट २०२२ स्थगित भएको छ । सो समिटमा भाग लिन प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । अब उहाँको भ्रमण अनिश्चित भएको छ । 

भारतमा ओमिक्रोनको बढ्दो खतरा र कोरोना सङ्क्रमणको अनियन्त्रित गतिलाई ध्यानमा राख्दै भाइब्रेन्ट गुजरात सम्मेलन २०२२ स्थगित गरिएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन यही जनवरी १० मा गुजरातको गान्धीनगरमा गर्ने कार्यक्रम थियो । जनवरी १० देखि १२ सम्म हुने समिट कोभिड–१९ का कारण तत्कालका लागि स्थगित गरिएको छ ।