२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती राजमार्गमा पहिरो हटेपछि सवारी आवागमन पुनः सुचारु



अ+ अ-

सल्यान। सल्यानको बागचौर नगरपालिका–२ स्थित खरिबोट नजिकै गएको पहिरो पन्छाएपछि राप्ती राजमार्गमा यातायात पुनः सुचारु भएको छ।

मंगलबार राति गएको भारी वर्षापछि पहिरो खस्दा राजमार्गमा १० घण्टा सवारी आवागमन ठप्प भएको थियो। तर बुधबार बिहान जेसीबीमार्फत पहिरो पन्छाएपछि अहिले गाडीहरूको आवागमन सामान्य रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए।

उनका अनुसार बिहानमात्रै डोजर खटाइएकाले सडक खुल्न ढिलो भएको हो। पहिरो हटाएसँगै अहिले सवारी साधनहरू दुवैतर्फ निर्बाधरूपमा गुडिरहेका छन्।

प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न अनुरोध गर्दै वर्षाको समयमा पहिरो संभावित क्षेत्रहरूमा सतर्कता अपनाउन सुझाव दिएको छ।