२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्ला–मुगु जोड्ने लोतीखोला बेलिब्रिज सञ्चालनमा



अ+ अ-

सुर्खेत। हुम्ला र मुगु जिल्लालाई सडक सञ्जालमा जोड्ने लोतीखोला बेलिब्रिज मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एक विशेष समारोहबीच पुलको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नेता शाहीले यो पुलले हुम्लाबाट रारा ताल, सुर्खेत र कैलास मानसरोवरसम्मको यात्रा सहज बनाएको उल्लेख गरे। “मुगुको रारा, सुर्खेतको राजधानी र लिमी लाप्चा हुँदै कैलाससम्मको ढोका खुलेको छ,” उनले भने।

कर्णाली नदीमाथि निर्माण गरिएको यो पुल प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, हुम्ला मार्फत बनाइएको हो।

निर्माण कार्यका लागि कार्यालयले कङ्ग्री निर्माण सेवासँग २०८१ मंसिर २३ गते सम्झौता गरेको थियो। केवल पाँच महिनामा सम्पन्न भएको यो परियोजना कुल ४ करोड ९८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। पुलको लम्बाइ ४२ मिटर, उचाइ १० मिटर, र चौडाइ ३.१५ मिटर रहेको छ। पुलले हुम्लाको चंखेली गाउँपालिकाको वडा नम्बर २ र ४ लाई जोडेको छ।

यसले स्थानीयको दैनिक आवतजावतमा सहजता ल्याउने मात्र होइन, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पूर्वमुख्यमन्त्री शाहीका अनुसार यो पुलले हुम्ला मात्र नभई सम्पूर्ण कर्णाली प्रदेशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने छ। साथै, अब हुम्ला र मुगुको सडक यात्रा राष्ट्रिय सडक सञ्जालसँग अझ सहज र सुलभ भएको छ।