२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

“स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक पुरानै निरन्तरता”

“स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक पुरानै निरन्तरता”
अ अ+ अ-

काठमाडाैंः राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक वर्ष २०७७-०७८को बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक सबै क्षेत्रमा पुरानै निरन्तरता रहेको बताउनुभएको छ ।

 

बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने विषयमा जोड दिन नसकेको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा पनि अपर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । गत वर्ष भन्दा २२ अर्ब रकम बढाइएपनि त्यो रकम पर्याप्त नहुने उहाँको भनाई छ ।

लकडाउनका कारण सबै उद्योग व्यवसायहरु धरासायी भएको अवस्थामा उद्योगहरुलाई राहत दिने खालको कुनै नयाँ कार्यक्रम नआएको उहाँको भनाई छ । सांसद विकास कोषको रकम कटौती गर्न नसकेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । पैसा विगत वर्ष भन्दा घटाइए पनि फजूल खर्च कटाउन नसकेको उहाँले बताउनुभयो । तैपनि सरकारले फजुल खर्च घटाउने विषयमा केही काम गर्न खोजेको बजेटमा देखिएको उहाँले बताउनुभयो ।

राहतको विषयमा कुनै ठाेस कार्यक्रम नआएको उहाँले बताउनुभयो । उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने र अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने योजना नभएको अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य महत्वाकाँक्षी भएको बताउनुभयो ।