२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

“स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक पुरानै निरन्तरता”



अ+ अ-

काठमाडाैंः राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक वर्ष २०७७-०७८को बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक सबै क्षेत्रमा पुरानै निरन्तरता रहेको बताउनुभएको छ ।

 

बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने विषयमा जोड दिन नसकेको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा पनि अपर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । गत वर्ष भन्दा २२ अर्ब रकम बढाइएपनि त्यो रकम पर्याप्त नहुने उहाँको भनाई छ ।

लकडाउनका कारण सबै उद्योग व्यवसायहरु धरासायी भएको अवस्थामा उद्योगहरुलाई राहत दिने खालको कुनै नयाँ कार्यक्रम नआएको उहाँको भनाई छ । सांसद विकास कोषको रकम कटौती गर्न नसकेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । पैसा विगत वर्ष भन्दा घटाइए पनि फजूल खर्च कटाउन नसकेको उहाँले बताउनुभयो । तैपनि सरकारले फजुल खर्च घटाउने विषयमा केही काम गर्न खोजेको बजेटमा देखिएको उहाँले बताउनुभयो ।

राहतको विषयमा कुनै ठाेस कार्यक्रम नआएको उहाँले बताउनुभयो । उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने र अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने योजना नभएको अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य महत्वाकाँक्षी भएको बताउनुभयो ।