७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सैनिक कल्याणकाली कोषको स्वर्ण जयन्ती: सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सैनिक कल्याणकाली कोषको स्वर्ण जयन्ती: सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोष मार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिई राज्यको दायित्व समेत कम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रम मार्फत सेवा निवृत्त भएपश्चात् समेत ससम्मान जीवन व्यतित गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमुलुक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरो तर्फबाट थप पहल हुनेछ ।”

उहाँले कोषद्वारा सञ्चालित शिक्षण संस्थाहरुको नतिजालाई अध्ययन गर्दा समेत गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकोमा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालयरविद्यालयमा अध्ययन गरेका विद्र्याीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त गर्नुभयो ।
उहाँले नेपाली सेनाले कल्याणकारी कार्यक्रमहरूको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र संचालनमा योगदान दिने अगुवाहरुलाई सम्मान प्रदान गर्नुभयो ।