२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व सङ्कलन घट्यो



अ+ अ-

तनहुँ। यहाँको मालपोत कार्यालयको गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा कमि आएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा २०८१/८२ मा रु तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व सङ्कलन घटेको हो ।

आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख ५२ हजार २२८ राजस्व सङ्कलन गरेकामा गतवर्ष रु ३२ करोड ६४ लाख नौ हजार ४८० सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

जग्गा वर्गीकरणमा कृषिमा न्यून र आवासमा बढी दस्तुर लाग्ने हुँदा अधिकांश जग्गा कृषिमा परेकाले राजस्व सङ्कलनमा प्रभाव परेको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्ष स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु गरेसँगै जग्गाको कारोबार बढ्दा राजस्व सङ्कलनमा वृद्धि भएको थियो तर गत आर्थिक वर्षमा जग्गाको कारोबार पनि घटेकाले हुनसक्छ, राजस्व सङ्कलन घटेको छ ।” रासस