१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाउने प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

यद्यपि, अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । रेशम –रञ्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको थियो ।

तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको भन्दै सो पार्टीका संरक्ष रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि राखेका थिए ।

रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले निर्वाचन आयोगलाई जानकारी पनि गराइसकेको छ ।