काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । बुधबार थुनछेक बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेका हुन् । २०८१ जेठ ४ मा डेरामा आएर अहिराजले बलात्कार गरेको पीडित युवतीको दावी छ ।










