३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी
अ+ अ-

फुङ्लिङ । जिल्लाको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो ।

“प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय स्थानहरू छन्, जहाँ पुग्ने रहर प्रत्येक प्रकृतिप्रेमीको मनमा हुन्छ । यस्ता स्थानमा पुगेपछि मानिसले प्राकृतिक सौन्दर्यको रमाइलो अनुभूति गर्छन र स्मृतिमा अमिट छाप बोकेर फर्कन्छन्”, मिक्वाखोला-५ का पान्दे शोर्पाले भन्नुभयो, “सोहीअन्तर्गत पर्ने सुनपोखरी एक हो ।”

ताप्लेजुङमा रहेका यस्ता प्राकृतिक ठाउँहरूमध्ये कतिपयको अध्ययन अवलोकन भएको छ भने कतिपयको अहिलेसम्म अध्ययन अवलोकन हुन सकेको छैन । स्थानीयवासीका अनुसार एक जना लामा चीनबाट आएका थिए । ती लामाले पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पस्नुभयो । तर, उहाँ त्यहीँबाट हराएको जनविश्वास छ । यही किंवदन्तीका कारण पोखरीको नाम ‘सुनपोखरी’ रहन गएको शोर्पाले बताउनुभयो । प्रचारप्रसारको अभावले यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको उहाँको भनाइ छ ।

शेर्पाका अनुसार सुनपोखरी क्षेत्र आसवासमा अन्य पोखरीहरू पनि छन् । लोदेन क्षेत्र ताप्लेजुङको एक पर्यटकीय क्षेत्र हो । तर यस क्षेत्रको प्रचारप्रसारमा चासो कसैले नदिएको शेर्पाको भनाइ छ । अहिलेसम्म ताप्लेजुङमा प्रख्यात पोखरीहरू तिम्बुङ, सोदु र सिङ्जेमा ताल रहेका जनाउँदै शेर्पाले यी पोखरीको अवलोकन गरिसक्नुभएका विवश केदेम यस पटक सुनपोखरीको अवलोकन गर्न पुग्नुभएको बताउनुभयो ।

सुनपोखरीको अवलोकनपछि अन्य ताल तथा पोखरीभन्दा कम नरहेको केदेमले बताउनुभयो । यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्नका सरोकारवालाले चासो नदेखाएसँगै अहिले सुनपोखरी ओझेलमा परेको उहाँको भनाइ छ ।

पोखरीसम्म जाने पदमार्ग बनेको छैन । याक र भेँडी गोठलाहरू हिँड्ने गोरेटो प्रयोग गरेर पोखरीमा पुग्न सकिन्छ । अहिलेसम्म सुनपोखरीको गहिराइ, लम्बाइ र चौडाइको विषयमा नापचाँज भएको छैन । पोखरीको महत्त्व र विशेषता तथा पोखरीसँग जोडिएका किंवदन्ती र कथाको अनुसन्धान गर्नुपर्नेमा स्थानीय शेर्पाले जोड दिनुभयो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट एक दिनअर्थात् सिम्बुकसम्म सवारीसाधन प्रयोग गरेर पुग्न सकिन्छ । सिम्बुकबाट पदमार्ग प्रयोग गरेर एक दिनमा ढड्ने भन्ने ठाउँमा पुग्न सकिन्छ र त्यहाँबाट बिहान सुनपोखरीको अवलोकन गर्न सकिने मिक्वाखोला गाउँपालिका–४ का स्थानीय मिलन लिम्बूले बताउनुभयो ।

सिम्बुकबाट बस्ती भएकाले पदमार्गमा स्थानीयले आफ्ना आफन्तको सम्झनामा पाटीपौवा निर्माण गरेका छन् । केही पाटीमा ओड्ने, ओछ्याउने र पकाएर खानका लागि भाँडाहरू राखेका छन् । उच्च हिमाली क्षेत्रहरुमा रहेको पोखरीहरू पर्यटकीय गन्तव्य मात्र नभएर ती पोखरी पानीको प्रमुख स्रोत हुन् । ती पोखरीबाट बग्ने पानीले पहाड तथा तराई क्षेत्रका बस्तीमा खानेपानीसँगै सिँचाइ र जैविक विविधताको संरक्षणमा महत्त्पूर्ण योगदान पुर्‍याउँदै आएको छ । रासस