१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई क्षेत्रमा सिँचाइका लागि ५ वटा डिप बोरिङ खन्ने काम सुरु



अ+ अ-

काठमाडौं, साउन १४।  तराई क्षेत्रमा  सिँचाइको लागि ५ वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ ।

पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्नु भएको छ । ‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।

तराईका धेरै भूभागमा जमिन खेतीयोग्य भए पनि सिँचाइको स्थायी पहुँच नहुँदा किसानहरू मौसममा भर पर्न बाध्य छन्। यस वर्ष वर्षात् नभएको कारण किसानले लगाएको धान डढेर गएको छ ।  यस्तो अवस्थामा डिप बोरिङमार्फत भू–जल उपयोग गरेर कृषिमा सुधार ल्याउने योजना अघि बढाइएको हो।