३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई क्षेत्रमा सिँचाइका लागि ५ वटा डिप बोरिङ खन्ने काम सुरु



अ+ अ-

काठमाडौं, साउन १४।  तराई क्षेत्रमा  सिँचाइको लागि ५ वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ ।

पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्नु भएको छ । ‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।

तराईका धेरै भूभागमा जमिन खेतीयोग्य भए पनि सिँचाइको स्थायी पहुँच नहुँदा किसानहरू मौसममा भर पर्न बाध्य छन्। यस वर्ष वर्षात् नभएको कारण किसानले लगाएको धान डढेर गएको छ ।  यस्तो अवस्थामा डिप बोरिङमार्फत भू–जल उपयोग गरेर कृषिमा सुधार ल्याउने योजना अघि बढाइएको हो।