२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ : डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ : डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ ।
– PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने ।
– होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने ।
– कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने । होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने । ९० % भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ । सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने । यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ । घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने ।
– सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने ।
– संक्रमण जिरो देखिएका जिल्लामा मात्र RDT टेस्ट गर्ने । त्यहाँ RDT टेस्ट पोजिटिभ देखिएमा PCR टेस्ट बढाउने । RDT लाई जबर्जस्ती बिस्तार नगर्ने ।
– मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने बातावरण एकदम न्यून हुन्छ ।
– रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन / प्रसारण गर्ने ।
– मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने ।
– भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका PCR Test गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने ।
– जनस्वास्थ्य चेतना निकै फितलो छ । तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने ।
– आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने ।
– खोप, नसर्ने रोग / दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने ।
– अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने । स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त PPE को ब्यबस्था गर्ने ।
– सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने ।
– मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने ।